बाबुरामको र उपेन्द्रको पार्टीसहित ३० दल कारवाहीमा परे
काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्रको यादवको संघीय समाजवादी फोरमसहित ३० दल कारवाहीमा परेका छन् । तोकिएको समयमा पार्टीको वार्षिक आयव्यय विवरण नबुझाएको भन्दै आइतबार निर्वाचन आयोगले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरी बाबुरामको नयाँ शक्ति र उपेन्द्रको संघीय समाजवादी फोरमसहित ३० दललाई कारबाही गरेको हो ।
निर्वाचन आयोगले आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेश नगरेका दलहरुलाई सोही ऐनको दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना किन नगर्ने भनि शनिबारसम्मको समय दिएर स्पष्टिकरण सोधेको थियो । तर, सो मितिमा ११ दलले स्पष्टिकरण नै पेश नगरेका र बाँकी १९ दलले स्पष्टिकरण पेश गरेपनि चित्तबुझ्दो नपाइएपछि आयोगले कारवाही स्वरुप जरिवाना तिराउने निर्णय गरेको हो ।ती दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एक सय रुपयाँ जरिवाना तिराउने निर्णय भएको सूचनामा उल्लेख छ ।
उनीहरुले उक्त जरिवाना रकम आगामी फागुन २१ गतेभित्र कान्तिपथस्थित निर्वाचन आयोगको सचिवालयमा पुगेर बुझाउनु पर्नेछ ।निर्धारित म्यादभित्र स्पष्टिकरण नै पेश नगर्ने दलहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च९थरुहट०, दलित जनजाती पार्टी, नेपाली जनता दल, राष्ट्रिय जनएकता पार्टी, नेपाल नागरिक पार्टी, शान्ति पार्टी नेपाल , नागरिक समाजवादी पार्टी, नेपाली कांग्रेस राष्ट्रवादी, चुरेभावर राष्ट्रिय पार्टी, हिन्दु प्रजातन्त्रिक पार्टी र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल रहेका छन् ।
यस्तै पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएपछि नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय चुरेभावर पार्टी, हाम्रो पार्टी, नेपालवाद, लोककल्याणकारी जनता पार्टी, युवा नेपाल पार्टी, राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, मातृभूमि नेपाल पार्टी, नयाँ शक्ति पार्टी नेपाल, गान्धिपार्टी पार्टी नेपाल, मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक०, जनता दल नेपाल, श्रमिक जनता पार्टी नेपाल, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक, नेपाली गिन्स पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, नेपाल न्यायिक दल र राष्ट्रिय नेपाल पनि जरिवानामा परेका छन् ।
प्रतिक्रिया