एमालेले मधेसी जनतालाई विभेद गर्‍यो : सभापति देउवा

serbahadurझापा । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले एमालेले मधेसी जनतालाई विभेद गरेको आरोप लगाएका छन  । मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको देउवाले आरोप लगाए ।

 झापाको विर्तामोडमा शुक्रबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले मधेसी जनताको जनभावनालाई समेट्ने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव पेश गरिएको उल्लेख गरे।

 उनले कुनै पनि हालतमा यो प्रस्ताव पारित गरेरै छाड्ने ठोकुवा गरे ।सभापति  देउवाले वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने भन्दै मानसिक रुपमा तयार रहन सबै कार्यकर्तालाई निर्देशन दिए । ‘

प्रतिक्रिया

सम्बन्धित