स्थानीय तहको संख्या नथप्न एमालेको माग

yamaleकाठमाडौं : सरकारले ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले त्यसको स्वागत गरेको छ । मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले निर्वाचनको मिति घोषणा गर्ने निर्णयको स्वागत गर्दै संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको सचिव योगेश भट्टराईले जानकारी दिए । सरकारले स्थानीय तहको चुनाव वैशाख ३१ गते एकै चरणमा गराउने निर्णय सोमबार गरेको थियो । एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ । निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न एमालेको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित