राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित

kamal thapaकाठमाडौं । प्रत्यासीलाई २५ सय मतको फराकिलो अन्तरले पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा सोमबार भएको मतदानमा प्रत्यासी प्रदीपविक्रम राणालाई २५ सय मतको फराकिलो अन्तरले पराजित गर्दै थापा अध्यक्ष बनेका हुन् । निर्वाचनमा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने प्रत्यासी राणाको पक्षमा २५१ मत मात्रै खस्यो । कुल ३ हजार १३६ मत खसेको निर्वाचनमा ८१ मत बदर भए । केन्द्रीय सदस्यका लागि भोलि विहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित