वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा

nirwachanकाठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले मधेसी मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति तोकेको हो । खानेपानीमन्त्री प्रेम बहादुर शाहीका अनुसार निर्वाचनको आयोगको प्रस्तावमा वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारको निर्णयसँगै विसं २०५९ यता हुन नसकेको स्थानीय निर्वाचन सुनिश्चित भएको छ । यता चुनावको मिति घोषणासँगै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आन्दोलनमा जाने घोषणा मोर्चाले पहिला नै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित