मध्यपुर थिमी–३ मा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना

Samparka

भक्तपुर । माओवादी केन्द्रले मध्यपुरथिमी नगरपालिका वडा नं. ३ को पार्टीको सम्पर्क कार्यालय स्थापना गरेको छ । आसन्न स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा वडा कमिटीले भक्तपुरको कौशलटारमा पार्टीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलीप प्रजापतिको प्रमुख आतिथ्यता र माओवादी नेताहरु प्रतिमा श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, सुनिल बासु, वाईसिएल भक्तपुर जिल्ला संयोजक नरेश रञ्जीत, कल्पदीप राईलगायतको विशेष आतिथ्यतामा उक्त सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो ।

उक्त अवसरमा मध्यपुर थिमी–३ का माओवादी केन्द्र समर्थित नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

May be an image of 7 people, people standing and outdoors

सम्पर्क कार्यालयको स्थापनाले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको कार्ययोजना एवं कार्यकर्ताहरुसँगको साक्षात्कारका साथै कार्यकर्ता परिचालनका लागि सहजता हुने पनि कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले बताए ।

त्यस्तै सम्पर्क कार्यालयका सञ्चालनसँगै आसन्न निर्वाचनमा मध्यपुर थिमी मात्र नभएर भक्तपुर जिल्ला भरि नै युवाहरु परिचालन गर्नका लागि सहज हुने अपेक्षा राखेको वाईसिएल जिल्ला संयोजक नरेश रञ्जीतले बताए । उक्त कार्यक्रम रमेश प्याथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

May be an image of 15 people, people sitting, people standing and indoor

May be an image of 3 people, people sitting, people standing and indoor

प्रतिक्रिया

सम्बन्धित