कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको मृत्यु

Kango

कंगो । उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाकोमृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमासंदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) काविद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेकोकोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिडबेइजाले बताए ।  

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्युभएको प्राप्त विवरणहरूमा जनाइएको छ । आक्रमणकारीहरूले इतुरी नदीको पुललाईनिशाना बनाएर हमला गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित