देशभर ३६ जना कोरोनामुक्त हुँदा थप १२ मा कोरोना पुष्टी
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ३४८९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३६ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा गत २४ घन्टामा कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।
प्रतिक्रिया