सहमति तोड्दै लोहनीद्धारा अध्यक्षमा उम्मेदवारी दर्ता

lohaniko-bigyaptiकाठमाडौं : राप्रपाका शीर्ष नेताबीच भएको सहमति तोडिएको छ । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको भन्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति तोडिएको हो । पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएकाले आफूलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै  अध्यक्ष बनाउने सहमति भएको थियो ।पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै लोहनीले सहमतिको औचित्य नभएको तर्क गर्दै उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख छ । आफ्नो सहमतिबेगर  कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका हुन् । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित