युवा संघभित्र बिबाद, नेपाल समूहले दियो चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले एक हप्ताभित्र आफूहरूले अघि सारेका माग सम्बोधन नभए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ ।
बिहीवार काठमाडौंमा नेपाल पक्षधर समूहले पत्रकार सम्मेलन गरेर संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी प्रमाङ्गीको शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र जायज मागहरू सम्बोधन नगरी उपेक्षा गरिए ०७४ वैशाख ९ देखि १२ गतेसम्म चितवनमा महाधिवेशन सम्पन्न गर्ने चेतावनी दिएको हो ।
संघकी उपाध्यक्ष दिलु पन्तले पार्टीको विधानबाट हटाईएको कुरालाई अझैपनि कायमै छ र हो भनेर संस्थापक पक्षले दलबलको आधारमा छलफल नै नगरी एकलौटी रुपमा युवा संघ कब्जा गर्न अध्यक्ष केपी ओली समूह उद्त रहेको आरोप लगाइन् ।
उनले भनिन्, ‘पार्टीको राजनीतिक लक्ष्य बोकेर आगामी देशको स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रमुख दलको हैसियतमा उभ्याउनको लागि परेका कार्यकर्तालाई गुटगत हिसावमा बिभाजित गरेर राजनीतिक चरित्रमाथि प्रश्न चिन्ह खडा गरिँदैछ, हामी यसमा सचेत छौँ ।’ संघका सचिव हस्तबहादुर शाहीले केही यूवा साथीहरू विचारभन्दा पनि दलबलको आधारमा पार्टीको विधानलाई कुल्चेर अन्तरजिल्ला कमिटीलाई स्वतन्त्र संगठन हो भनेर प्रचार गर्नु आफैमा लज्जाको विषय भएको टिप्पणी गरे । अर्का सचिव नरेश शाहीले पार्टीको विधान र नियामावली कुल्चेर संघको महाधिवेशनलाई विवादमा पार्न खोजेको ओरोप लगाए ।
प्रतिक्रिया