काठमाडौंमा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएका छौँ : केपी ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकामा अनुभवी व्यक्तिलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टलेआयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० वैशाखमा हुनेस्थानीय तह निर्वाचनका लागि काठमाडौंमा आफ्नो आफ्नो पार्टीले अनुभवीउम्मेदवार बनाएको बताएका हुन् ।
‘काठमाडौंको मेयर भइसकेका केशव स्थापितलाई फेरि उम्मेदवार बनाइएको छ ।उहाँ यहाँका सडक चौडा पार्नेदेखि माइतीघर मण्डला स्थापना उनैले गरेका हुन् ।विकास र समृद्धिका अनुभवीलाई काठमाडौंको उम्मेदवार बनाइएको छ,’ उनले भने।
काठमाडौंलाई विश्वकै सफा राजधानी बनाउने संकल्पका साथ उम्मेदवार बनाइएकोभन्दै अध्यक्ष ओलीले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउनेव्यक्तिलाई एमालेले उम्मेदवार बनाएको दाबी गरे ।
प्रतिक्रिया