दिल्लीमा नारायणकाजीले क-कसलाई भेटे ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर भारतको राजधानी नयाँदिल्ली पुगेका नारायणकाजी श्रेष्ठले भारतीय नेताहरूसँग भेटवार्ता गरेका छन् ।माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठले भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँग सोमबार भेट गरेको स्रोतले जनाएको छ ।
भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा नेता श्रेष्ठले भारतीय नेताहरूलाई जानकारी गराएका थिए ।माओवादी केन्द्रका विदेश विभाग प्रमुख एवम् पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसँगको भेटवार्ता सकारात्मक भएलगत्तै नेता श्रेष्ठ चारदिने भारत भ्रमणमा गएका हुन् । मंगलबार नेता श्रेष्ठले सत्तारुढ भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रतिक्रिया