आइजीपी प्रकरण : देउवा र ओलीको झगडामा 'अक्टोपस' प्रवेस गरेपछि कांग्रेसमा आतंक !

amreshकाठमाडौं। सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्दलाई आईजीपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालिन आदेश जारी गरेपछि नयाँ चलखेल सुरु भएको छ ।

 आइजीपी कसलाई बनाउने भन्ने  निर्णय मन्त्रिपरिषदले मात्र गर्न सक्ने भए पनि सर्वोच्चले कार्यकारी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेर बिबाद निम्त्याएको बेला नेपाली राजनीतिमा कुनै समय अक्टोपसका रुपमा चिनिने काँग्रेस सांसद अमरेशकुमार सिंह भने डिअाइजी प्रकाश अर्याललाई अाइजीपी बनाउने खेलमा लागेको स्रोतको भनाइ छ ।

 आईजीपी  पद हात पार्न चन्दको चरित्र हत्या देखी अदालतसम्म  सेटिङ मिलाएर चन्दलाई रोक्ने खेलमा सिलवाल सामेल भएको कुरा बाहिर अाइरहेको छ । अहिले यही बेला उपर्युक्त मौका हो भन्दै  सिंह र भारतीय जनता पार्टी निकट सँगठन राष्ट्रिय स्वयँसेवक दलका नेपाल हेर्ने दिपक अधिकारीले डिअाइजी अर्याललाई भारतीय दुताबासका केही अधिकारीलाई  भेटाएर अाइजिपी बनाउन चलखेल गरेको श्रोतको दाबी छ ।

 कांग्रेस सभापती शेरवहादुर देउवा,प्रधानमन्त्री प्रचन्ड र गृहमन्त्री बिमलेन्द्र निधीबीच सहमती भएपछि चन्दलाई  मन्त्रिपरिषदले आईजीपी बनाउने निर्णय गरेको थियो  ।

   तर, एमाले अध्यक्ष केपी ओली भने मिटरव्याजको धन्दा चलाएको आरोप खेपेका सिलवाललाई आईजीपी बनाउन लागिपरेका छन् ।  ओलीले त अाइजिपी प्रकरण चर्काएर सरकार ढाल्ने खेलमा लागेको पनि बाहिर सार्वजनिक भैसकेको छ  ।

 आईजीपीको बिबादमा देउवा र प्रचन्ड एकातिर तथा ओली अर्कोतिर रहेको बेला अमरेशकुमार सिंह भने मिलाउने नाममा अर्याललाई अाइजीपी बनाउने खेलमा लागेको कांग्रेसभित्र हल्ला चल्न थालेपछी सिंहलाई कारवाही गर्नुपर्ने आवाज उठिसकेको छ ।

  चन्दलाई आइजीपी बनाउने कुरा अब प्रचन्ड र देउवाको प्रतिष्ठाको बिषय बनिसकेको छ तर सिंह भने पार्टी नीति बिपरित चोरबाटोमार्फत अर्यालको लबिङमा जुटेर झन झगडा निम्त्याउन सकृय रहेको भन्दै उनको आलोचना बढेको छ   ।

प्रतिक्रिया

सम्बन्धित