प्रहरी प्रमुखको नियुक्ति न्यायलयको क्षेत्र होइन : प्रवक्ता भुसाल
काठमाडौं। नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रहरी प्रमुखको नियुक्ति न्यायलयको विषय नभएको जिकिर गरेकी छन् । सरकारले आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर नियमसंगत ढंगमा डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको उल्लेख गर्दै उनले प्रहरी प्रमुखको नियुक्ति न्यायलय वा अरु कुनै आयोगको विषय नभएको जिकिर गरिन् ।
सोमबार भक्तपुरमा भएको कार्यक्रममा प्रवक्ता भुसालले संविधान कार्यान्वयनका लागि संशोधन अपरिहार्य भएको तर्क गर्दै एमालेजस्तो जिम्मेवार पार्टी संविधान संशोधन प्रक्रियामा सहभागी हुने पनि बताइन् ।
मधेशवादी दलसँगको छलफलमा समेत एमालेले लचकता अपनाएको भन्दै प्रवक्ता भुसालले अबको केही दिनभित्रै एमाले पनि संविधान संशोधनकै पक्षमा आउने दाबी गरिन् ।
प्रतिक्रिया