निर्वाचन पछि संविधान कार्यान्वयन, आईजीपीको विषयमा बोल्दिन : नेपाल

Madhav Nepalकाठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताएका छन्।सर्वोच्च अदालतले आइजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको अवस्थामा आफूले उक्त विषयमा बोल्नु उपयुक्त नहुने उनको भनाई थियो । सरकारले आइतबार डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको आइजिपी नियुक्त गरेलगत्तै आइतबार आइजिपीका दाबेदार डिआइजी नवराज सिलवालले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले सोमबार आजिपी नियुक्तिको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारकालाई अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालको यस्तो भनाई आएको हो। एमालेका सक्रिय कार्यकर्ता रौतहटका श्रीप्रकाश ठाकुरको निधनप्रति समवेदना प्रकट गर्न सोमबार सदरमुकाम गौर पुगेका नेता नेपालले यस्तो बताएका हुन्। कार्यक्रममा उनले एमालेले एमाओवादी र मधेसी मोर्चालगायतका दलसँग सम्वाद र छालफलको थालनी गरेको भन्दै त्यसले एकअर्काको कुरालाई बुझ्न सहयोग पुग्ने र मुलुकको समस्या समाधान गर्ने बताए। निर्वाचन र संविधानको कार्यान्वयन नै यतिबेला प्रमुख एजेन्डा भएको भन्दै उनले जति सक्दो छिटो  स्थानीय निर्वाचन गरेर संविधान कार्यान्वयन गराउनेतर्फ अग्रसर हुन सबै पक्षलाई आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित