विप्लव माओवादी सरकारको प्रतिरोधमा

biplabकाठमाडौं : नेपाल प्रहरीले देशमा सशस्त्र संघर्ष गर्ने भनेर धम्की दिइरहेको नेत्रविक्रम चन्द (विप्लवं) माओवादीको विवरण संकलन सुरु गरेपछि  सरकारले आफ्नो पार्टीविरुद्ध दमनकारी नीति लिएको भन्दै विप्लव माओवादीले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेको छ । आठौं महाधिवेशनको तयारी गरिरहेका बेला मन्त्रिपरिषदमा गृहमन्त्रीले पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव राखेको भन्दै विप्लवले प्रतिरोधमा उत्रिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गरेका गरेका हुन् । विप्लवले शुक्रबार बिज्ञप्ति निकालेर सरकारको यो गतिविधि महाधिवेशनमा बाधा पुर्‍याउने खेल भएको बताएका छन् र त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । ‘गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गम्भीर प्रकारले तानेको छ,’ विज्ञप्तिमा भनिएको छ–‘राज्यको यस्तो दमनकारी नीतिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु सशक्त प्रतिरोधको मार्गमा अगाडि बढ्नेछ ।’

प्रतिक्रिया

सम्बन्धित