सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय

Dor-30012017011941-1000x0काठमाडौं : सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सोमबार भएको निर्वाचनमा माओवादी र कांग्रेससहितका सत्तापक्षीय उम्मेदवार उपाध्याय निर्वाचित भएका हुन् । उनले २३ मत पाउँदा एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । सत्तापक्ष राप्रपाले भने एमाले उम्मेदवार चौलागाईंलाई मत दियो । माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय माओवादीका समानुपातिक सांसद हुन् । उपाध्यायका प्रस्तावक कांग्रेस सांसद रामहरि खतिवडाले विश्वभरको प्रचलन लेखा समितिको नेतृत्व विपक्षी दलले नै गर्ने रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित