के छ ओलीको ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकमा
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तक सार्वजनिक भएको छ । एमालेद्धारा प्रकाशित पुस्तकमा ओलीले प्रधानमन्त्रीको रूपमा गरेको सम्बोधनको मुख्य मुख्य अंश समेटिएको छ। प्रधानमन्त्रीको रूपमा ओलीले लिएको राष्ट्रियतासम्बन्धि अडान र विकासका लागि उनले चालेका हरेक क्रियाकलाप समेटिएको उक्त पुस्तकको आज एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले मुलुकको समस्या समाधानका लागि प्रधानमन्त्रीको रूपमा काम गरेको उल्लेख गरे। उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, न्याय, समानता र समृद्धिलाई केन्द्र भागमा राखेर आफू नेतृत्वको सरकारले केही गर्ने प्रयास गरेको समेत बताए । उनले पुस्तकलाई सिद्धान्त आविष्कार गर्ने अभियानको रूपमा नबुझिदिन पनि आग्रह गरेका छन्।
प्रतिक्रिया