सत्ताका लागि एमालेमा पहिरो

bamdev gautamकाठमाडौं । नेपाली कांग्रेसको राजनीतिक पासोमा परेको एमालेलाई अहिले सत्ता मोहले सताई रहेको छ । कांग्रेसभन्दा पनि धेरै समय सत्तामा रहेको अनुभव लिएको एमालेले जसरी हुन्छ सत्तामा जाने योजना बनाएको एमालेका एक नेताले बताए । सत्तामा रहँदा पाइने सुविधा, राज्य संयन्त्रमाथिको हालिमुहाली गर्न नपाइएको भन्दै एमालेका दोस्रो तहका नेताहरूले दुखेसो पोख्न थालेका छन् ।विशेष गरेर अग्नि खरेल, विष्णु पौडेल, बामदेव गौतमसहितका नेताहरूलाई छटपटाहट भएको स्रोतले जनायो ।

 फेरि पनि एमालेलाई सत्तामा पु-याएर लाभ लिने पक्षमा यी नेताहरू देखिएका छन् । विशेष गरेर केपी ओली गुटका नेताहरू एमालेलाई जसरी हुन्छ सत्तामा लैजानुपर्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने सत्तालाई खासै महत्व दिएको देखिँदैन ।नेपाल समूह सत्ताभन्दा बाहिर बस्दा आफूलाई फाइदा हुने पक्षमा देखिएको छ । सत्तामा हुँदा ओलीसँग नजिक हुनेहरूको धेरै ठूलो संख्या हुने भन्दै नेपाल समूह सत्तामा तत्काल जान नहुने भनिरहेको बुझिन्छ ।

 ओली समूह भने मन्त्री बन्ने तथा राजनीतिक नियुक्ति र राज्यको सुविधा पाइन्छ कि भनेर नजर लगाइरहेको नेपाल समूहका नेताहरूको आरोप छ । उता, स्थानीय निर्वाचनको तयारीमा कांग्रेस र माओवादी केन्द्र लागेपछि आत्तिएको एमालेले जसरी हुन्छ सरकारमा गएर कार्यकर्तामा उर्जा थप्ने योजनामा देखिन्छ । बाहिर भाषण गर्दा एमालेका नेताहरूले सत्ताको खिलापमा अभिव्यक्ति दिए पनि भित्री कुरा अर्कैछ । एमालेका नेताहरूले केही मन्त्रालयहरू लिएर भए पनि प्रचण्ड सरकारमा जान ठूलो दबाब परिरहेको स्रोतले दिएको छ । तर अहिले नै यसरी सरकारमा जाँदा लाज हुनेभन्दै एमालेका नेताहरूले बाटो बनाइ रहेका छन् ।यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित