कुनै पनि हालतमा संविधान संशोधन हुँदैन

makune 01(3)निर्वाचन पर धकेल्ने गलत नियतमा सरकार पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएका छन् ।  सोमबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपाललेसत्तापक्षकै सांसद विपक्षमा रहेकाले संविधान संशोधन नहुने तर्क गरे ।  एमालेसँग संशोधन हुन नदिनका लागि एकतिहाई मत रहेको बताउँदै उनले संविधान संशोधनको विपक्षमा उभिएका सत्ताधारी दलका सांसदलाई देश जोगाउने काममा अन्तिमसम्म लागिरहन आग्रह समेत गरेका छन् । पार्टीको नेता, कार्यकर्ता, जनता, कर्मचारी, अधिकारीलगायत सबै निकायका व्यक्तिमा देशभक्तिको खोजी गर्नुपर्ने बेला आएको उनको भनाइ थियो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, कम्युनिष्ट पाटी भनिने माओवादी केन्द्र, कांगेस सभापति शेरबहादुर देउवा, कांग्रेस र मधेसवादी दलभित्र देशभक्तिको भावना खोजी गर्नुपर्ने बताए ।कांग्रेसले राष्ट्रियताका कुरा गरे पनि देशभक्तिमा कमजोर हो की भन्ने जनमानसमा परेको भन्दै उनले भने–‘कांग्रेस कस्तो पार्टी हो कुराले होइन कामका आधारमा मूल्यांकन गर्नुपर्ने बेला आएको बताए ।’ स्थानीय तहदेखि तीनै प्रकारको निर्वाचनलेमात्रै संविधानको कार्यान्वयन हुने उनले बताए । ‘निर्वाचनलेमात्रै देशलाई अघि बढाएर लैजान सकिन्छ । सबै प्रकारका संवैधानिक संकटको समाधान र राजीनितिक शुन्यताबाट जोगाउन सकिन्छ, तोकिएको सीमाभित्रै निर्वाचन गर्नुपर्छ ।’ आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन सकेर नयाँ राजनीतिक संरचना क्रियाशील बनाउनु पर्नेमा समय बढाएर निर्वाचन पर धकेल्ने गलत नियतमा सरकार देखिएको उनले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित