भारतीय राजदूतमाथि हमला गर्ने एमालेका कार्यकर्ता पक्राउ
धनगढी । नेकपा एमालेले भारतीय राजदूत रञ्जीत रेलाई कैलालीमा कालोझण्डा देखाउदै कार्यक्रम विथोल्ने प्रयास गरेको छ । हुलाकी राजमार्गको उद्घाटन गर्न धनगढी आएका राजदूत रेमाथि एमाले नेता कार्यकर्ताले ‘भारतीय विस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै कालो झण्डासहित कार्यक्रम विथोल्ने प्रयास गरेका हुन् ।
कालोझण्डा देखाएर कार्यक्रम विथोल्न खोजेपछि सुरक्षामा खटिएको प्रहरीले एमाले जिल्ला सदस्य दिर्घ जोशीसहित ६ जनालाई पक्राउ गरेको छ ।
विपक्षी दलको चर्को विरोधका बाबजुद पनि भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रेले संयुक्त रुपमा राजमार्गको उद्घाटन गरेका थिए ।विपक्षी दलहरुको नाराबाजी, कालोझण्डा प्रदर्शन र चर्को विरोधका बाबजुद पनि राजमार्ग उद्घाटन गरेको विरोधमा एमाले कार्यकर्ताले विरोध गरेका हुन् । कैलाली जिल्लामा रहेको ६२ किलोमिटर हुलाकी राजमार्गमध्ये वसन्त वन क्षेत्रको १८ किलोमिटर सडक निर्माण हुन अझै बाँकी छ ।
प्रतिक्रिया