देउवासँग टक्कर लिन शशांकमाथि दबाब

sashankकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले राजनीतिक अडान राख्न नसकेको भनेर आलोचना हुन थालेको छ । सभापति शेरबहादुर देउवाको पिछलग्गु भएर हिँडेको आरोप खाइरहेका डा.कोइरालाले राजनीतिक कार्यदिश ल्याएर पार्टी हाँक्न नसकेको भन्दै उनकै गुटभित्र आलोचना हुन थालेको हो । ‘वीपी कोइरालाका पुत्र भएर बाबुले लिएको राजनीतिक कदमलाई दश प्रतिशत मात्रै पनि बहन गर्ने हो भने कांग्रेस धेरैमाथि जान सक्छ’, एक नेताले भने–‘कोइरालाले विलासिताको जीवनमा सबै आर्दश भुलेर आफूलाई शेरबहादुर देउवाको पिछलग्गु बनाएका छन् ।’ हुन पनि अधिकांश कार्यक्रममा महामन्त्री डा.कोइराला सभापति देउवासँग देखिने गरेका छन् ।

 देउवा भने डा.कोइरालालाई देखाएर ‘मैले पार्टी मिलाएँ’ भन्दै धक्कु लगाएर हिँडिरहेका छन् । डा.कोइरालाको लोप्रियताबाट सभापति देउवा पनि त्रसित छन् ।त्यति मात्रै होइन डा.कोइरालाको लोकप्रियताबाट गृहमन्त्री विमलेन्द्र निधि पनि बेलाबेलामा झस्कने गर्छन् । देउवाका प्रियपात्र बनेका निधि कांग्रेसभित्र महामन्त्री डा.कोइरालासँग मात्रै डराउने गर्छन् । यो कुराको भेद डा.कोइरालाले अहिलेसम्म नपाएको एक नेताले बताए ।

 डा.कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक बस्दा महामन्त्रीका तर्फबाट आउनु पर्ने राजनीतिक प्रस्ताव कहिल्यै पनि पेश गर्दैनन् । संगठन सुदृढीकरणमा महामन्त्रीको ठूलो हात हुन्छ । तर, महामन्त्री डा.कोइराला कहिल्यै बलियो रुपमा बैठकमा प्रस्तुत हुने गरेका छैनन् ।यूरोपियन जीवन शैलीका कारण विग्रिएको आरोप विगत दश वर्षदेखि डा.कोइरालालाई लाग्दै आएका छ । तैपनि उनलाई कार्यकर्ताले औधि मन पराउँछन् । विपीका पुत्र भएका कारण देश, जनता र कांग्रेसलाई केही गर्छन् कि भन्ने आशा अहिले पनि कांग्रेसी कार्यकर्ताहरूमा छ ।कांग्रेसले आफ्नो भावी सभापति र पदाधिकारीहरूको तयारी अहिले देखि नै गर्नुपर्ने कोइराला निकट एक नेता बताउँछन् ।

 सभापतिमा कसैले तयारी नगर्ने हो भने अर्को पटक पनि देउवाले सभापति लैजाने ढुक्क रहेको विश्लेषण हुन थालेको छ । देउवालाई रोक्न पनि महामन्त्री डा.कोइरालाले राजनीतिक कार्यदिशा बनाएर अगाडि बढ्नै पर्छ भन्नेहरू अत्याधिक छन् ।

 राजनीतिक रुपमा सामान्य औपचारिकता निभाउनेभन्दा डा.कोइरालाले आफू निकट खासै चासो दिंदैनन् । यसको उदाहरण बनेका छन् सिंचाई मन्त्री दिपक गिरी । महामन्त्री डा.कोइरालाको सिफारिसमा सिंचाई मन्त्री बनेका गिरीले मन्त्रालयमा चरम आर्थिक अनियमितता गरेको उजुरी आएपछि डा.कोइराला रिसाएका हुन् । कोइरालाले आफ्नो गुटका नेताहरुसँग कहिल्यै पनि देशको परिस्थिति, राजनीतिक अवस्था र समसामयिक विषयमा परामर्श नै नगर्ने हुँदा उनी असफल बन्न सक्ने अवस्था देखिन थालेको कोइराला गुटका ति नेता बताउँछन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।

प्रतिक्रिया

सम्बन्धित