क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने बताएका छन् । आइतबार दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मधेसबिनाको काठमाडौँको कल्पना हुनै नसक्ने भन्दै पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिएका हुन् ।कार्यक्रममा प्रधानमन्त्री दाहालले भने–‘हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु आफ्नो पहिलो दायित्व हो, कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिदैन ।’
प्रतिक्रिया