मोर्चाद्धारा प्रधानमन्त्रीको आग्रह अस्वीकार

baluwatarकाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई  समर्थन गर्न गरेको आग्रहलाई मधेसी मोर्चाले अस्वीकार गरेका छन् । मोर्चाले संशोधन विधेयकलाई यथास्थितिमा स्विकार गर्न नसकिने बताएपछि प्रधानमन्त्रीले आज मधेसी मोर्चाका शीर्ष नेतासँग परामर्श गरेका हुन्। अहिलेको राजनीतिक समिकरण र परिस्थितिले मोर्चाका सबै माग पूरा गर्न सम्भव नभएको र जति संभव छ, त्यो ल्याएको भन्दै प्रधानमन्त्रीले समसर्थन गर्न मोर्चालाई आग्रह गरेका थिए । तर, मधेसी मोर्चाले भने अहिलेको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने भन्दै संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने माग गरेको छ । मोर्चाका माग सम्बोधन गर्ने गरी संशोधन प्रस्ताव नआएको भन्दै  मोर्चाले संशोधन प्रस्ताव परिमार्जन नगरे निर्वाचनमा जान नसकिने मात्र होइन, निर्वाचन नै हुन नदिने चेतावनी समेत दिएको छ । सरकारले मंगलबार मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो। तर मधेसी मोर्चाले नै संशोधन प्रस्ताव यथास्थितिमा स्वीकार गर्न नसकिने बताएपछि सरकार अप्ठ्यारोमा परेको छ। सरकारले संशोधनमार्फत पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गरेपछि सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र, नेपाली कांग्रेसका नेताहरुसमेत आन्दोलनमा उत्रिएका छन्। जसका कारण पश्चिमका अधिकांश जिल्लाहरुमा बन्द र हड्ताल शुरु भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित