को–को बन्दैछन् कांग्रेसबाट नयाँ १० राज्यमन्त्री ?
काठमाडौं : नेपाली कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । चार भाग लगाएर बल्ल कांग्रेसले राज्यमन्त्रीको टुंगो लगाएको हो । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्री बनाइने भएको छ । नयाँ राज्यमन्त्रीहरुले सोमबार नै शपथ लिने तयारी भएको भनिएपनि हुन अझै हुन भने सकेको छैन । संस्थापनबाट दीर्घराज भाट, मिठु मल्ल, सुवर्ण ज्वारचन, सीताराम मेहता र दिलीप गच्छदारको टुंगो लागेको छ । पौडेल पक्षबाट दीपक खड्का, सुरेन्द्र आचार्य, कञ्चनचन्द्र बादेको टुंगो लागेको हो । नेता पौडेलले जापान जानुअघि नै यी तीनसहित जीवन परियारको नाम अन्तिममा हाल्दै सभापति देउवालाई पठाएका थिए । खुमबहादुर पक्षबाट इन्द्र बानियाँ र सिटौला पक्षबाट तारामान गुरुङ छन् । उनीहरूलाई दिइने मन्त्रालयको टुंगो लगाउन र प्रधानमन्त्रीलाई नाम बुझाउने जिम्मा सभापति शेरबहादुर देउवाले आइतबार नै उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका थिए ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसले सरकारमा पठाउने १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। सरकारमा काँग्रेसका तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री विमलेन्द्र निधीले प्रचण्डलाई ति नाम दिएका हुन्। नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा पठाउने राज्यमन्त्रीहरुको नाम टुङगो लगाइ निधीलाई ति नाम दिएका थिए। सम्भवत बुधवार राज्यमन्त्रीहरुको सपथ हुने स्रोतको दावी छ। राज्यमन्त्री हुनेहरुमा कैलालीका दीर्घसिंह भाट भौतिक, सुनसरीका सिताराम मेहता बन, तेह्रथुमका तारामान गुरुङ स्वास्थ्य, कपिलवस्तुका सुरेन्द्र आचार्य सिंचाई, गुल्मीका सुवर्ण ज्वारचन शहरी बिकास, मकवानपुरका इन्द्र वानियाँ पर्यटन, मोरङका दिलिप गच्छेदार श्रम, संखुवासभा दिपक खड्का खानेपानी र सरसफाइ काभ्रे कञ्चनवादे उद्योग र रुकुमकी मिठु मल्ल वाणिज्य छन्।
प्रतिक्रिया