एमाले र मधेसी मोर्चा संविधान संशोधन प्रस्तावको पक्षमा : सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र मधेसी मोर्चाले पनि समर्थन गर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले आज संसदमा दर्ता हुने भनिएको उक्त प्रस्तावमा पक्षमा नेकपा एमालेले पनि मत हाल्ने विश्वास व्यक्त गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आज संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे । नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेको बताउँदै उनले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको पनि बताए ।
प्रतिक्रिया