ओलीका काँडा बने नेम्वाङ
ओलीभित्रको पनि शक्तिशाली गुटको नेतृत्व गरिरहेका नेम्वाङले सोमबार बालुवाटारमा भएको कांग्रेस, एमाले र माओवादी केन्द्रको वार्ता विथोलेको आरोप छ । उनले कानून र संविधानका नानाभाँती कुरा उठाएर एमालेका नेताहरूलाई भड्काएको माओवादी केन्द्रका नेताहरूले आरोप लगाउन थालेका छन् । हुन त आफू संविधानसभाको सधैको अध्यक्ष हुँ भन्दै सरकारसँग आजीवन सुविधा माग गरेका नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र भीम रावललाई नेता गन्न छाडेका छन् ।
ओलीले पनि आजकाल नेम्वाङसँग सल्लाह नगरी कुनै पनि निर्णय गर्दैनन् । अहिले ओली गुटभित्र नेम्वाङ काँडा बनिरहेको स्रोतको भनाइ छ । नेम्वाङका गतिविधिले गर्दा तोकिएको समयमा हुने भनिएको स्थानीय तहको निर्वाचन पनि नहुने हो कि भने अनेक आशंक हुन थालेको छ । यदि एमालेले कम्प्रमाइज गरेर संविधान संशोधनमा कडा अडानसहित सहयोग गरेको भए चुनावमा एकलौटी जित्ने सम्भावना थियो भनेर एमालेकै नेताहरूले पार्टी मुख्यालयतिर भन्न थालेका छन् । अहिलेदेखिनै ओलीलाई खुसी पार्ने र विरोधी नेताहरूलाई पाखा लगाएर प्रधानमन्त्री उम्मेदवारमा एकलौटी बाटो बनाउने षड्यन्त्रमा लागेका नेम्वाङको षड्यन्त्रलाई नेपाल समूहले राम्रैसँग बुझेको छ । यो कुरा बुझेपछि एमालेका केही युवा नेताहरू फेसबुकबाट त्यसको छनक दिन थालेका छन् । उनीहरूले नेम्वाङको बिरोध पनि गर्न थालेका छन् ।
प्रतिक्रिया