एमाले र मधेसकेन्द्रित दललाई एकठाउँमा ल्याउन सकिन्छ : कोइराला
दाङ : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेकपा एमाले र मधेसकेन्द्रित दललाई काँग्रेसले एक ठाउँमा उभ्याउन सक्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन, दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन् । कोइरालाले त्यसको लागि काँग्रेस पहिले एक ढिक्का हुनुपर्ने पनि बताए । कांग्रेससँग सबै पार्टीलाई एक ठाउँमा ल्याउन सक्ने तागत रहेको भन्दै उनले त्यसको भूमिका काँग्रेस सभापति शेरबहादुर देउवाले खेल्नुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले देश जटिलतातिर जाने खतरा रहेकाले देशलाई बचाउने प्रमुख जिम्मेवारी काँग्रेसको भएको पनि बताए । कोइरालाले सीमाङ्कनमा जटिलता थपिँदै गएको भन्दै यही कारणले देशमा संवैधानिक सङ्कट आउन सक्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति नेपाललाई तहसनहस गराउन लागेको भन्दै उनले त्यसबाट पार पाउन पनि स्थानीय निकायको भएपनि चुनाव गराउनुपर्ने बताए ।
प्रतिक्रिया