तरुण दल डनको कब्जामा जाने खतरा

donmajarकाठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको यही कार्तिक २७ गतेबाट हुने चौथो महाधिबेशनका लागि दर्जन बढी अध्यक्षका प्रत्यासीहरु मैदानमा उत्रिएका छन् । कार्तिक २७ देखि २९ गते तोकिएको महाधिबेशन निर्धारित मितिमै सम्पन्न हुनेमा भने अझै शंका उपशंका उब्जिएको छ । यस पटक हैसियत नै नभएका केहि गुण्डा नाइकेहरुले पनि अध्यक्षको दावी गरेको देख्दा तरुण दलमा खुलम खुल्ला गुण्डाहरुको राजनीति हुने संभावना बढेको छ ।

 अध्यक्षका लागि नारायणप्रसाद भट्टराई, टेकराज पौडेल, भुपेन्द्रजंग शाहि, दिनेश राई, पूर्ण गुरुङ, मेदनी सिटौला, लक्ष्मी खतिवडा, पदम पालुङ्गा, कर्ण बहादुर मल्ल, जन्मदय तिमिल्सिना, मिनकृष्ण महर्जनलगायत दजनौं आकांक्षि देखिएका छन् । यि मध्येका चर्चित अनुहार हुन्, ललितपुरका डन महर्जन ।

  ललितपुर जिल्लाको अवैध असुलीमा सधैं नाम जोडिने डन महर्जन आफूलाई समाजसेवी भन्न रुचाउँछन् । अध्यक्ष बन्ने हैसियत नै नभए पनि महर्जन भने कांग्रेस नेता खुमबहादुर खड्का र बनमन्त्री शंकर भण्डारीको उम्मेदवार भन्दै मिडियामा लुटेको पैसाको खोलो बगाई अध्यक्ष्ँ पद दावी गरिरहेका छन् । ठेक्कापट्टाको भागवण्डा नमिलेकै कारण डन महर्जन र रमेश बाहुनबीच विगतमा गोली हानाहान समेत भएको थियो ।

 डन दिनेश अधिकारी ‘चरी’ को मृत्यु र बाहुनको डनगिरी अन्त्य भएसँगै महर्जनले ललितपुर जिल्लामा अवैध रुपमा सञ्चालित ढुंगाखानी, क्रसर उद्योग र ठेक्कापट्टामा एकलौटी कब्जा जमाएका छन् । बाहुन जेल जानुपूर्व ललितपुरका सबै ठाउँमा हुने टेण्डरको रकमको भागवण्डा हुने गरेको थियो । ठेकेदारको मिलोमतोमा अबैध रुपमा टेण्डर कब्जा गर्ने कार्य अहिले पनि जारी रहेको पीडित ठेकेदारहरुले बताएका छन् । ढुंगाखानी र क्रसर उद्योगमा मासिक रकम नदिए स्थानियलाई उचालेर क्रसर र खानी नै बन्द गराउने काममा समेत महर्जनको सहभागिता हुने गरेको विगतका घटनाक्रमले देखाइसकेके ललितपुर परिसरका एक प्रहरी अधिकारी बताउँछन् । यस्ता गुण्डा नाइके अध्यक्ष बने भने समाजसेवाको आवरणमा तरुण दल गुण्डाहरुको कब्जामा जाने निश्चित रहेको ति प्रहरीको भनाई छ ।  महर्जनले ढुंगाखानीबाट मासिक दुई लाख पचास हजार रुपैयाँ असुल्दै आएको प्रहरीमा पनि रेकर्ड छ ।

 अवैध खानी र क्रसरबाट पैसा असुल्न महर्जनलार्ई बिष्णुमान महर्जन, सुदर्शन बिष्ट, प्रकाश डोटेललगायतले सहयोग पु-याउँदै आएका छन् । विगतमा प्रहरीलाई समेत पैसा बुझाउनु पर्छ भन्दै अबैध खानी र क्रसर उद्योग सञ्चालन गर्नेबाट महर्जनले पैसा उठाउने गर्थे । मासिक तिन लाख रुपैयाँसम्म उसुलेपछि त्यो रकम उनी आफैले प्रहरीको नाम बेचेर पचाउने गर्दथे ।

 पैसाकै कारण पछिल्लो समयमा हेटौडाका काँग्रेसका सांसद इन्द्र बानिया र ललितपुर निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष सानु लामासँग महर्जनको सम्बन्ध बिग्रिएको छ । तीन बर्ष अगाडी तीन अर्बकोे निमार्ण सम्बन्धी टेण्डरमा महर्जनले मिलाउन लागेको टेण्डर बाहुनले प्रतिस्पर्धा गरेर बिगारेपछि उनीहरुबीच विवाद बढ्दै अन्ततः गोली हानाहान समेत भएको थियो ।

 तत्कालिन जिल्लाका निर्माण संघका अध्यक्ष लामा र महर्जन मिलेर अन्य ठेकदारलाई तह लगाउँदै आएकोमा हाल भने ठेक्कापट्टाको भागवण्डामा करोडौंको विवाद भएपछि उनीहरुबीच सम्बन्ध विग्रिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित