काठमाडौं :
नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले अंगिकृत नागरिकलाई देशको राष्ट्रपति बनाउनु पर्छ भन्ने पक्षमा कांग्रेस नरहेको बताएका छन् ।नेपाल प्रेस युनियन, कैलालीद्वारा आज कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले अंगिकृत नागरिक भारतमा प्रधानमन्त्री र अमेरिकामा राष्ट्रपति बन्न नपाएको उदाहरण दिँदै सानो देश नेपालमा अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा पुर्याए राष्ट्रको हित नहुने धारणा व्यक्त गरे । संविधान संशोधनबिना कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै उनले यसका लागि सबै दल मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख माथिको महाअभियोगको प्रसङ्गमा उनले सत्यतथ्यमा आधारित भएर मात्रै टुङ्गोमा पुग्नुपर्ने कांग्रेसको धारणा रहेको बताए ।
प्रतिक्रिया