११ माओवादी कार्यकर्ता पक्राउ
काठमाडौं : गोर्खा भर्ती केन्द्रको विरोध गर्ने विप्लव माओवादीका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको शान्तिवाटीकाबाट नेता अनिल शर्मा ‘विरही’सहित ८ जनालाई र असनको इन्द्रचोकबाट ३ जनालाई फक्राउ गरेको हो । विप्लव माओवादीले शुक्रबार शान्तिवाटीकामा भेला भएर जुलुससहित लैनचौरस्थित भारतीय दूतावास पुग्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । तर, प्रहरीले शान्तिवाटीकामा भेला भएका माओवादीका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको हो । प्रहरी हस्तक्षेपका कारण भारतीय दूतावासमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत स्थगित गरिएको माओवादीले जनाएको छ ।
प्रतिक्रिया