गच्छदार किन प्रधानमन्त्री नबन्ने ?

gachhaकाठमाडौं । सत्ताभन्दा बाहिर बस्नै नरुचाउने नेताको उपाधि पाएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई आजकाल अर्कै कुराले सताउने गरेको छ । त्यो हो प्रधानमन्त्री बन्ने चिन्ता । गच्छदारले आफू निकटका नेताहरूसँग म किन प्रधानमन्त्री बन्न नसक्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा बसेर पनि प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई मतदान गरेका गच्छदारले राजनीतिमा ठूलो त्याग र तपस्या गरेकै कारण आफू यो स्थानसम्म पुगेको दाबी गर्ने गरेका छन् ।

उनले आफ्नो राजनीतिलाई प्रधानमन्त्री केन्द्रित गराउन थालेको नेताहरू बताउने गर्छन् । नेपाली कांग्रेसको राजनीतिबाट उदाएका गच्छदार मधेस आन्दोलनसँगै क्षेत्रीय दलमा आबद्ध भएर थारु र मधेसीको राजनीति गर्दै आएका छन् । थारु र मधेसीका नाममा राजनीति गरेपनि गच्छदारले पहाडेहरूको पनि मन जितेर एक पटक कुनै पनि हालतमा प्रधानमन्त्री बन्छु भन्ने गरेका छन् । कुनै बेला राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले सानो पार्टी हुँदा पनि प्रधानमन्त्री बन्ने मौका पाएका थिए । त्यो मौका गच्छदारले किन नपाउने भन्नेहरू पनि प्रशस्त छन् । प्रधानमन्त्री बन्ने सपना देखेर सोही अनुसारका गतिविधी गर्दै आएका गच्छदारलाई आफ्नै पार्टीका केही नेताहरूले टाउको दुखाइ रहेको अनुभूति भएको छ । गच्छदारको टाउको दुखाउनेमा अरु कोही नभइ जितेन्द्र देव हुन् । जितेन्द्र देवले मन्त्री बन्ने बहानामा गच्छदारलाई भारतीय राजदूतावासबाट चेपुवामा पार्न समेत भ्याएका थिए । तर अहिले गच्छदारले भारतीय र आन्तरिक राजनीतिलाई मजबुद बनाएका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित