स्वास्थ्य मन्त्री गगन थापाद्वारा आन्दोलनको चेतावनी
धनगढी । स्वास्थ्य मन्त्री गगन थापाले डा.गोविन्द केसीको आन्दोलनमा आफू पनि सँगै रहेको बताए। धनगढीमा प्रेस युनियनले बुधबार गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले केसीका माग पुरा गराउन आफू संसद भित्रबाट आन्दोलन गरिरहेको बताएका हुन ।
मन्त्री थापाले डा. केसीले उठाएका माग जायज रहेको भन्दै चिकित्सा शिक्षाको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको औल्याउँदै सरकारले यसबारे विशेष ध्यान दिएको बताए।
चिकित्सा शिक्षा ऐन संशोधन हुन लागेको भन्दै मन्त्री थापाले सरकारले तदरुकतासाथ ऐन संसदमा छलफलमा रहेकोले अब यो ऐन बन्ने कुरामा कुनै दुई मत नरहेको बताए। यसअघी उनले धनगढीकै एक कार्यक्रममा आफु स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको बाताएका थिए ।
प्रतिक्रिया