महर एकलौटी चले समानान्तर गतिविधि गर्ने रानाको चेतावनी

mahareकाठमाडौं। नेपाल विद्यार्थी संघको नव निर्वाचित केन्द्रिय समितिको दोस्रो बैठकमा चरम विवाद भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थी नेताहरुले आफ्ना केही असहमति सहित केन्द्रिय समिति बैठक नै बहिष्कार गरेका छन् ।

 कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा निकट हरुको बैठक जारी छ भने पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा उनी निकट नेताहरुको बैठक जारी छ ।

  नियमावली र निर्देशिका नबनाइ अध्यक्ष नैनसिंह महर मनोमानी तरिकाले चल्न खोजेको र बहुमत सदस्यहरुको भावना विपरित काम गरेकोमा आफूहरूको असनतुष्टि भएको संघका उपाध्यक्ष प्रकाश रानाले बताए ।

 'अध्यक्षजी तत्काल गरिहाल्नुपर्ने खाली जिल्ला र क्याम्पस इकार्इको छिटोभन्दा छिटो टुंगो लगाउनतिर नलागिकन  बैठक र कार्यक्रम गर्न लाग्नुभएको छ,- उपाध्यक्ष रानाले भने, -विधान विपरित कार्यदल निर्माण गर्न लागिएको छ  । र सहमती बिना बैठक बोलाइएको छ । त्यसैले हाम्रो आपत्ती हो ।'

  पौडेल समुहले केन्द्रीय समितिमा आफूहरुलाई पेलेर जान खोजे संघमा समानान्तर गतिविधि सञ्चालन गर्ने चेतावनी पनि दिएको छ । 'वरिष्ठताका आधारमा पोर्टफोलियो तय हुनुपर्छ भनेका थियौं तर त्यो गरिएन,'-  पौडेल समूहका अर्का केन्द्रीय सदस्य जयराम दाहालले भने,- 'नेविसंघलाई एनजीओ जस्तै बनाउन लागियो । यसमा हाम्रो आपत्ति छ ।'

प्रतिक्रिया

सम्बन्धित