नेविसंघ अध्यक्ष महरलाई उपाध्यक्ष थपलियाको चेतावनी

urmilatकाठमाडौँ । निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता नभएको भन्दै नेपाल विद्यार्थी सङ्घमा आज छुट्टाछुट्टै बैठक भएका छन् ।  भर्खरै भएको निर्वाचनमा अध्यक्ष भएका नैनसिंह महरले नेविसङ्घलाई एकलौटी ढङ्गले सञ्चालन गरेको भन्दै पौडेल समूहका विद्यार्थीको छुट्टै बैठक बसेको हो ।

 पार्टीका पदाधिकारी र केन्द्रीय समितिलाई जानकारी बिना नै अध्यक्ष र महामन्त्रीले एकलौटी ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै आफूहरुको छुट्टै बैठक बसेको उपाध्यक्ष उर्मिला थपलियाले बताइन ।

 सङ्घको विधानमा सङ्घको चुनाव लडेका व्यक्तिको पद स्वतः खारेज हुने र तीन महिनाभित्र त्यो जिल्लामा निर्वाचन गराउने व्यवस्था भए पनि अध्यक्षले कार्यवाहक अध्यक्ष तोकेर विधानको उल्लङ्घन गरेको थपलियाले बताइन ।  नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विधानसम्मत ढङ्गले सङ्गठन चल्ने बताए । काफ्लेले भने , “लामो समयदेखि अन्योल रहेका नेविसङ्घको भर्खर अधिवेशन भएको छ सबैको भावनालाई समेटेर अगाडि बढ्ने पक्षमा नेतृत्व छ ।”

प्रतिक्रिया

सम्बन्धित