मनिषा कोइरालाले हङकङमा महिला दिवस मनाउने

काठमाडौ। हङकङमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम गरी मनाइने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको महिला विभाग र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा महिला दिवस मनाउन लागिएको हो।
आउँदो १० मार्चमा जोर्डनमा विशेष कार्यक्रमसहित महिला दिवस मनाउन लागिएको एनआरएनए हङकङकी उपाध्यक्ष तथा महिला संघकी महासचिव अनु राईले जानकारी दिइन्। कार्यक्रममा अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथि रहनेछिन्।
अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा पर्ने भएपनि हङकङमा कार्यरत नेपालीहरूलाई विदाको समयलाई मध्यनजर गरेर दुई दिनपछि मनाउन लागिएको हो ।
कार्यक्रमबारेमा बिहीवार एनआरएनए हङकङको कार्यालयमा एक कार्यक्रमको जानकारी गराइएको थियो। डिस्ट्रिक्ट काउन्सिल मेम्बर अरुणा गुरुङको प्रमुख आतिथ्यमा भएको जानकारी सभामा एनआरएनएकी केन्द्रीय महिला सचिव राधिका गुरुङ (टीका) एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल, महिला संयोजक कविता गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सफल बनाउ हङकङस्थित अन्य सामाजिक संघ–संस्थाले पनि हातेमालो गर्ने भएका छन्। नमोबुद्ध धर्म सेन्टर, तमु ट्हो ह्युलको महिला विभाग, किरात राई चाम्लिङ खाम्बातिमको महिला विभाग, मिसेस नेपाल हङकङ टिम, मगर महिला संघ, हेभेन्ली पाथ र तामाङ घेदुङलगायतका संघ–संस्था सहआयोजकका रुपमा छन्।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_7D64D5Sn3D_gar8hizyy8wiwlgruiuh0rjcohca64xr79gpddm1jarbb4deapsih3fp6dg9.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया