‘आमाछोदिङमो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी शुरु

काठमार्डौ ।
रसुवाको ‘आमाछोदिङमो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी शुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग र वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको सहकार्य तथा आमाछोदिङमो गाउँपालिका, रसुवाको आयोजनामा २०८० चैत ९–१३ गतेसम्म रसुवामा सम्पन्न भएको ‘आमाछोदिङमो आर्ट क्याम्प’ मा सिर्जित कलाकृतिको प्रदर्शनी मङ्गलबारबाट प्रतिष्ठानमा सुरु भएको हो ।
प्रदर्शनीको रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले आज एक बिशेष समारोहमा उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै आचार्यले हाम्रो सभ्यता, संस्कृति अत्यन्तै सवल भएको र यो नै हाम्रो मुख्य शक्ति भएको बताए । आचार्यले गाउँपालिकामा पुगेर कलाकारले बनाएका कलाकृतिले त्यहाँको परिचय दिएको समेत बताए । ‘हामी जुन परिस्थितिमा बसेका छौं एक अर्कामा माया, प्रेम, सद्भाव छ यसलाई जोगाउन जरुरी छ’, आचार्यले भने ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले क्याम्पमा अहोरात्र खटेर कला सिर्जना गर्नुहुने कलाकारहरूप्रति आभार व्यक्त गर्दै यसले पालिकामा पर्यटनको विकासका साथै खोज अनुसन्धानमा थप टेवा पु¥याउने धारणा व्यक्त गरेका थिए ।
त्यस्तै गाउँपालिका अध्यक्ष बुचुङ तामाङले रसुवा कला, संस्कृति धनी क्षेत्र भएको बताउँदै पर्यटनलाई कुन माध्यमबाट अगाडि बढाउने भन्ने सन्दर्भमा यस कार्यशाला अगाडि बढेको र त्यसअनुरुपका कलाकृति बनेको बताए । कार्यक्रमा सहभागि बागमती प्रदेश सांसद इन्द्रप्रसाद गोतामे (जगतजंग) ले पालिकाको कला, संस्कृति र रीतिरिवाजलाई चित्रमा उतार्न महत्वपूर्ण कार्यक्रम भएको बताए ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले यस्ता कार्यक्रमले सबैलाई उत्साहित बनाएको भन्दै सहभागी कलाकारलाई धन्यवाद दिदै आगामी दिनमा पनि कला सम्बन्धी अन्य कार्यक्रमहरुमा स्थानीय सरकारहरुसँग सहकार्य गर्दै आगाडि बढ्नु पर्नेमा जोड दिए । त्यस्तै प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पालिकासँगको सहकार्यमा गरिएको यस कार्यक्रमले नयाँ सन्देश दिएको बताए ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्य जुपिटर प्रधानले सबैको सामूहिक प्रयासले यो कार्य सफल भएको बताउँदै ऐतिहासिक, सामाजिक र सांस्कृतिक धरोहरको संरक्षणमा सबै तह तप्का लाग्न सकेमा कलाको विकास हुने बताए ।
वैशाख ३१ गतेसम्म चल्ने यस प्रदर्शनीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा राई, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कलाकारहरू आशुराम खाइजु, भीम श्रेष्ठ, डिबी गुरुङ, डिल्लीराज शर्मा घिमिरे, दिपेन्द्र बनेपाली, झविन्द्र गुरुङ, जुनुमाया तामाङ, किशोर नकर्मी, मनरा प्रजापति, नरबहादुर बिके, निलम भुर्तेल, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, पुन्य मताङ, राजन काफ्ले, सम्भव महर्जन, शंकरसन श्रेष्ठ, सपना पौडेल महर्जन, शशी डङ्गोल, सुनिता राणाका कलाकृति राखिएका छन् ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_8sluvFZQet_udo1dxjqgczr8plrpeb2huh0gb9hwhae1bh9lyjdluacysmblrxuewnmdxh9.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_14MITM1mrp_suijp7vans39y0mhsi5bw7upaa5m6utpukzlrbwmx8xiktn9vljuiicmfcgg.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया