‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

काठमाडौँ ।
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग केही दिन अघि मात्रै लिखित सम्झौता गरेको हो ।
पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई उम्दा गरेर देखाउने विश्वस्तका साथ अनुबन्धित गराइएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
फिल्ममा मुकुनको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनलाई शीर्षमध्येको भूमिका मध्य एक महत्वपूर्ण पात्रमा देख्न सकिने पौडेलको भनाइ छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा मुकुन अघि गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भइसकेका छन् ।
सोसल–ड्रामा बन्ने फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । जसमा मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बुझ्न सकिन्छ । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_jpwviTr4xo_7qqulk3rv8ggcgggqe3pljas69xyawdlmbvfb17qo2eguz07gizoqapez3ma.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_iWplfH5jKX_pv7ztmlg19f9xzqiubyfjxzgmecaipci9eaigmyfcrtar6bpwvdtw16iwprm.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया