तरुण दलको केन्द्रिय सदस्यमा उठ्ने पाण्डवको घोषणा
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन तरुण दलको असोज ३, ४ र ५ गते पोखरामा हुने चौथो राष्ट्रिय महाधिवेशनमा धादिङ जिल्ला सल्यानटार निवासी पाण्डव कुमार श्रेष्ठले केन्द्रिय सदस्यमा उठ्ने घोषणा गरेका छन्। लामो समय देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुदै गाउँ क्षेत्र जिल्ला सदस्य समेत भई सकेका श्रेष्ठ त्यागी र इमानदार नेताका रुपमा परिचित छन् । पाण्डव विभिन्न काल खन्डमा राजनीतिक आन्दोलनमा जेल समेत भोगि सकेका नेता हुन् ।
यसैबीच , तरुण दलको महाधिवेशन सफल बनाउन स्थानीय व्यवस्थापन समिति गठन गरिएको छ ।तरुण दल कास्कीको आज बसेको बैठकले जिल्ला अध्यक्ष मनोज गुरुङको संयोजकत्वमा विभिन्न १८ वटा स्थानीय व्यवस्थापन समिति गठन गरिएको हो ।कास्कीका चारवटा निर्वाचन क्षेत्रअन्तर्गत तरुण दल समिति, पोखरा र लेखनाथका नगर समिति तथा वडा र गाविस गरी ७९ वटा एकाइ समिति रहेका छन् ।
प्रतिक्रिया