प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित
काठमाडौ । प्रतिनिधि सभा बैठक यही जेष्ठ १ गतेसम्मका लागि स्थगित गरिएको छ । शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक ज्येष्ठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको हो । बैठकमा नेपाली काँग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।
उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया