सत्यमोहन जोशीको फोटो सगरमाथामा पुरयाएका महर्जन सम्मानित

काठमाडौ । शताव्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको तस्वीरलाई सगरमाथाको चुचुरोमा पुयाएबापत सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् । बाङमय शताव्दी पुरुष, लोकसाहित्यकार डा सत्यमोहन जोशीको एक सय पाँंचौं वर्षको जन्मजययन्तीको सप्ताहव्यापी समापन कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा महर्जनलाई सम्मान गरिएको हो । लोकसाहित्य परिषद् बखुबहाल ललितपुरद्धारा आयोजित कार्यक्रममा वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले महर्जनलाई सम्मान गरेका हुन् । कार्यक्रमको क्रममा विभिन्न लेखकहरुद्धारा लिखित ६ वटा पुस्तकहरुको पनि विमोचन गरिएको थियो । सगरमाथा आरोही महर्जनले पछिल्लो पटकको सगरमाथा आरोहणमा स्वर्गीय सत्यमोहन जोशीको तस्वीर लिएर सगरमाथाको चुचोरोमा पुरयाएका थिए । आरोही महर्जन पत्रकार एवं अभियन्ता पनि हुन् । 
ललितपुर नगरपालिकाको वखुंबहालस्थित शताब्दी पुरुषकै निजी निवास परिसरमा निर्मित लोकसाहित्य परिषदको कार्यालय भवनकै प्राङ्गणमा कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष राजीव श्रेष्ठले गरेका थिए । विशेष अतिथिमा शताब्दी पुरुषकै सुपुत्र अणुराज जोशी साथै नेवार समुदायका प्रतिष्ठित व्यक्तिहरू अतिथि गणमा समाहित भएका थिए ।
एक साता अगाडिबाट प्रारम्भ भएको जन्मजयन्ती समारोहमा शताब्दी पुरुष् जोशीको स्मृतिलाई ताजा गराउन विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो । तीमध्ये सबैभन्दा महत्वपूर्ण कार्यक्रम साहित्यिक विधामा थिए । जुन अन्तर्गत कविता, बाल कविता, बाल कथा, बाल चित्रकला, चित्रकला प्रदर्शन आदि रहेका थिए । 
 
 

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…