हेटौंडामा कला महोत्सव हुँदै

महोत्सवमा कुल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने


हेटौँडा ।
हेटौंडामा हुन लागेको कला महोत्सवको सम्पुर्ण तयारी पूरा भएको बताइएको छ । आगमी जेठ ३ देखि हेटौँडा र आसपासका क्षेत्रमा हुने ‘हेटौँडा कला महोत्सवको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक दिवेश प्रधानले बताए ।  बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक तथा हेटौंडा उपमहानगरपालिकाले समेत सहकार्य रहेको कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

यही जेठ ५ गतेसम्म चल्ने महोत्वसमा खुलास्थल चित्रकला कार्यशाला, कलासम्बन्धी संवाद, वरिष्ठ कलाकारको सम्मान, कलाकै विषयमा कार्यपत्र प्रस्तुतिलगायतका गतिविधि हुनेछन् ।

आयोजना हुने महोत्सव अन्तरगत कलाकारले भुटनदेवी मन्दिर, पशुपति मन्दिर, वनस्खण्डी, बुद्ध चोक, चौकी टोल, लालझाडी, दक्षिणकाली, मकवानपुर गढी, राप्ती पुल, हेटौडा बसपार्क, कृष्णमन्दिर, सानो पोखरा गुम्बा, त्रिवेणीधाम,चम्पा डाँडा, मककामना मन्दिर, शहिद स्मारक पार्क र पुष्पलाल पार्कलगायत क्षेत्रमा कला कार्यशाला तथा विविध कार्यक्रम हुने छ ।

उक्त महोत्सवमा काठमाडौंबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहने कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिए ।

त्यस क्षेत्रमा कला र संस्कृतिप्रतिको जागरण ल्याउन महोत्सव गर्न लागिएको हो । महोत्सवमा कुल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ ।

हेटौंडाको ऐतिहासिक, साँस्कृतिक, एबं पर्यटकीय स्थलमा चित्रकला कार्यशाला र प्रदर्शनी, नेपालका वरिष्ठ चित्रकारहरु एवं हेटौंडाका स्थानीय कलाकारको सहभागितामा स्थलगत कला कार्यशाला, प्रत्यक्ष कला सिर्जना र प्रदर्शन गरिने छ ।

हेटौंडा क्षेत्रको ललितकलासम्बन्धी अतित, वर्तमान र भविश्यसम्बन्धी कार्यपत्र प्रस्तुत, बागमती प्रदेशको कला प्रवद्र्धनमा हेटौंडाको भूमिकासम्बन्धी छलफल हुनेछ ।

लोककला संस्कृति झल्कने नृत्य र झाँकी, विशिष्ट कला साधकहरुलाई सम्मान आदि कार्यक्रम रहने छ ।

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…