कुशल कानुन व्यवसायी न्यायपालिकाका सारथि— राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मतन्यायिकप्रणालीबाटमात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् । 
नेपालबार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको        उद्घाटन गर्दै राष्ट्रपतिपौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारण गर्ने माध्यम भएको भन्दै विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै सुशासन कायम हुने बताए । 
उनले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता  र अन्यायको निवारणको उपाय र उपचार हो, विधि सम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।’
उनले न्याय भनेर मात्र होइन महसुश हुनआवश्यकभएको भन्दै न्यायको सच्चापहरेदार नेपालबार एशोसियसनसँगआवद्ध विद्वान कानुन व्यवसायी नै भएको बताए । 
उनले भने, ‘न्याय, न्यायभनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ, संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथाअभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षमन्यायपालिका, कानुनी राज्यतथा मौलिकअधिकार प्रतिविशेष चनाखो र सचेत हुननिर्देश गर्दछ र यसको सच्चापहरेदार नेपालबार एशोसिएसनसँगआवद्धविद्वानकानुनव्यवसायी नै हुन् भन्ने मलाई लाग्छ ।’
उनले न्यायको स्वच्छतामा न्यायाधीश र कानुनव्यवसायीको आआफ्नै भूमिकाहुने हुँदाबार र बेञ्च बीचमा बेलाबेलामा छलफल र अन्तक्र्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे । 
उनले स्वतन्त्र, निष्पक्ष र सक्षमन्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशीलबार एशोसियसनले न्यायकानुनकाविषयमा गर्ने महत्वपूर्ण र उद्देश्य मूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासन युक्त अवस्था सृजना गर्न मद्दतपु ग्ने विश्वास व्यक्त गरेका छन् । 
न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथिपनिहुन सक्ने उनको भनाइथियो । 
 

प्रतिक्रिया

सम्बन्धित