तरुण दल चितवनको अध्यक्षमा विनुलाई उछिन्दै ताम्राकार विजयी

binuचितवन।  नेपाल तरुण दल चितवनको अध्यक्षमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर युवा नेता राजन ताम्राकार विजयी भएका छन् ।  ताम्राकार प्रत्यासी विनु रायमाझी पौडेललाई  पराजित गर्दै तरुण दल चितवनको अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन ।

  ताम्राकारले कुल १३३ मत प्राप्त गरे भने विनुले १२५, दीपक अधिकारीले ५७ र आनन्द राउतले ४० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा पनि ताम्राकार प्यानलकै निरन्जन सुवेदी, सचिबमा प्रलाद उप्रेती र कोषाध्यक्षमा भीष्म अधिकारी विजयी भएका छन् ।

 यो नतिजासंगै चितवनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षधरले तरुण दलमा कब्जा जमाएको छ ।  उद्योग वाणिज्य संघ चितवनमा  भएको निर्वाचनमा कुल ३७० मत खसेको थियो । विनु रायमाझी कारागार आक्रमणमा परि मारिएका शिव पौडेलकी पत्नी हुन। उनलाई पार्टी सभापती शेरवहादुर देउवाको समर्थन थियो ।

प्रतिक्रिया

सम्बन्धित