महालक्ष्मी नगरस्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
ललितपुर ।
महालक्ष्मी नगरस्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाको आयोजना तथा स्वच्छ हावा परियोजनाको सहकार्यमा अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा महालक्ष्मी नगरस्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडैल बताए । ललितपुरको लुभुमा रहेको सिद्धि मङ्गल माविमा भएको चित्रकला प्रतियोगितामा नगरका कक्षा १ देखि ५ सम्मका ४१ वटा विद्यालयका ८१ जना छात्र छात्राहरुले हामी र हाम्रो वातावरण शीर्षक र कक्षा ६ देखि १० सम्मका ४० विद्यालयका ८० जना छात्र छात्राहरुले सुन्दर र सुरक्षित पृथ्वी, स्वस्थ्य र सुनिश्चित मानव जीवन शीर्षकमा स्वतन्त्र रुपमा २ घण्टाको समयावधिमा चित्रकला प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, शिक्षा निर्देशक चिरञ्जीवी पौडैल, शिक्षा समितिका सदस्यहरु मिन बहादुर अछामी, गोपाल प्रसाद घिमिरे, विभिन्न विद्यालयका प्रिन्सिपल एबम् आर्टशाला नेपालका सँस्थापकहरुले अवलोकन तथा अनुगमन गरेका थिए ।
उक्त प्रतियोगिताको मूल्याङ्कन पश्चात जेष्ठ २३ गते अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा चित्रकला प्रदर्शनी, नतिजा प्रकाशन तथा पुरस्कार वितरण सहित विविध कार्यक्रमकासाथ विश्व वातावरण दिवस मनाउने कार्यक्रम रहेको समेत नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडैल बताए ।
तस्बीर: श्याम डंगौरा (माइन्युज नेपाल)
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_jpwviTr4xo_7qqulk3rv8ggcgggqe3pljas69xyawdlmbvfb17qo2eguz07gizoqapez3ma.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_iWplfH5jKX_pv7ztmlg19f9xzqiubyfjxzgmecaipci9eaigmyfcrtar6bpwvdtw16iwprm.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया