महालक्ष्मी अन्तर बिघालय चित्रकला प्रतियोगिता एबम्  चित्र प्रदर्शनी सम्पन्न

ललितपुर । 
महालक्ष्मी नगरपालिका अन्तर बिघालय चित्रकला प्रतियोगिता एबम्  चित्र प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाको आयोजना तथा स्वच्छ हावा परियोजना (USAID) को सहकार्यमा विश्व वातावरण दिवस नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा २०८१ जेठ २३ गतेको अवसरमा "हाम्रो भूमी, हाम्रो भविष्य " भन्ने नाराका चित्रकला प्रदर्शनी  आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा चित्रकला प्रतियोगितामा सहभागी उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाणपत्र, नगद पुरस्कार, निजहरुले बनाएका चित्रको लेमिनेशन, फ्रेम थ्रि डि आर्ट म्युजियम इमाडोलमा  निशुल्क अवलोकन कुपनसहित मायाको चिनो सहितको पुरस्कार प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा ४१ वटा विद्यालयबाट सहभागी विद्यार्थीहरुबाट तयार गरिएको चित्रकला प्रदर्शन गरिएको थियो ।  १८१ सहभागी विद्यार्थीहरु मध्ये कक्षा १ देखि ५ सम्मका उत्कृष्ठ १० र कक्षा ६ देखि १० सम्मका १० गरि २० उत्कृष्ठ चित्रहरुलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा नगर प्रमुख हरिगोविन्द श्रेष्ठ प्रमुख प्रसाशकीय अधिकृत प्रदिप पौडेल, स्वच्छ हावा परियोजनाका शिक्षा सल्लाहाकार सुवेन्द्रमान श्रेष्ठ, मूल्याङ्कन कर्ता आर्टशाला नेपाल प्रालीका संस्थापक अध्यक्ष सुन्दर विष्ट लगायतले सहभागी विद्यालय, विजयी विद्यार्थीहरुलाई बधाइ तथा शुभकामन व्यक्त गर्दै यस कार्यमा सहयोग गर्ने सबैंलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नगरपालिका  शिक्षा शाखा अधिकृत सुनिता योङ्हाङ्गले संचालन गरेको कार्यक्रमामा शिक्षा निर्देशक चिरञ्जीवी पौडेलले चित्रकला प्रर्दशनीका बारेमा  बताएका थिए  । 
कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, शिक्षकको पेशागत सँस्थाका प्रमुख तथा प्रतिनिधिहरु प्रअ र प्रिन्सिपल, विभिन्न सँघसँस्थाका प्रतिनिधिहरु र कलाकार विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमा सिध्दिपुर सामुदायिक केन्द्रद्वारा तयार गरिएको सिध्दिपुर चित्रकला कार्यशाला २०८१ मा तयार गरिएको चित्रहरुसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित