फिल्म ‘तेल भिसा’ को पहिलो गीत ‘हरि नाम झैं’ सार्बजनिक

काठमाडौँ । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक ‘हरि नाम झैं’ बोलको गीत सार्बजनिक गरिएको हो । कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । छोरा (विपिन कार्की)को सन्तान हुन लागेपछि नेपालबाट आमा (पूजा चन्द) अमेरिका पुगेपछिको अवस्थालाई गीतमा देखाइएको छ । गीतको अन्त्यमा पूजालाई अमेरिकी प्रहरीको नियन्त्रणमा देख्न सकिन्छ ।

आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्की निर्माता तथा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन तथा अजय खड्काको सम्पादन छ ।

गीतको लिंक- https://youtu.be/hLg4dZ1k3pc

प्रतिक्रिया

सम्बन्धित

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियमको अवलोकन

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

भेनस ब्राइट मन्टेश्वरी किण्डरगार्टेनका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री…