कोलकोता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई सीबीआईले पक्राउ गरेको छ ।
भारतीय मिडियाका अनुसार सीबीआईले उनीहरुलाई प्रमाणसँग छेडछाड गरेको, बेपत्ता पार्ने र ढिलो गरी एफआईआर दर्ता गरेको आरोपमा शनिबार राति पक्राउ गरेको हो । अब यी दुवै अभियुक्तलाई आज अदालतमा पेश गरिने बताइएको छ ।
सन्दीप घोष यसअघि नै आर्थिक घोटाला मुद्दामा सिबीआईको हिरासतमा छन् । हाल उनलाई २३ सेप्टेम्बरसम्म प्रेसिडेन्सी कारागारमा न्यायिक हिरासतमा राखिएको छ । अब सीबीआईले उनलाई नयाँ मुद्दामा हिरासतमा लिने प्रयास गर्न सक्छ ।
पहिलो दिनदेखि नै सन्दीप घोष र कोलकाता प्रहरीविरुद्ध मुद्दा लुकाउने र प्रमाणसँग छेडछाड गरेको आरोप लाग्दै आएको थियो । त्यस्तै यसअघि पनि अप्राकृतिक मृत्युको मुद्दा दर्ता भएको थियो । शवको पोस्टमार्टम र दाहसंस्कार पछि घटनाको एफआईआर दर्ता गरिएको थियो ।
यस मामिलामा सञ्जय राई नामका नागरिक स्वयंसेवक यसअघि नै पक्राउ परेका छन् । उनी हाल सीबीआईको हिरासतमा छन् । अहिले यस मुद्दामा जम्मा तीन अभियुक्त पक्राउ परेका छन् । घटना भएको क्षेत्र ताला प्रहरी चौकी अन्तर्गत पर्दछ । यसका ओसी अभिजित मण्डल बिरामीको बहानामा सेप्टेम्बर ५ गते निजी अस्पतालमा भर्ना भएका थिए ।
उनलाई सोधपुछका लागि शनिबार सीबीआईको कार्यालयमा बोलाइएको थियो । बयानमा भिन्नता देखिएपछि राति उनलाई पक्राउ गरिएको सीबीआईले जनाएको छ । यता, आन्दोलनरत जुनियर डाक्टरहरूले यी पक्राउप्रति सन्तुष्टि जनाएका छन् । उनले यसलाई न्यायतर्फको ठोस कदम भनेका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_hvkpe1KddQ_vdnzaf52ny9ruq2btsrusnjjcdlqjsjrmv4ovavhntdacdvryxtz7a06wsuh.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_90qGHSCHZH_6anlwqxi6tp1lxmi3my3cx8yazjdrwsmdnmsbk2z9ea4dt2zgago05hkwqac.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_vf253pCdgR_te8ma85bbs0maceblgjz9zvdm4vvb5vjrbx4aj4vdn4xyugglzz6tfbljk4q.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया