लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसंग आउँछ । यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ ।
लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । तर, उनलाई गम्भीर चोट लागेको छैन । अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_aYdWwY0AcI_qwtauhqrtsinm43pni9kes8bcpcusucjtahzrann2bch3ip4vvudg8oewcto.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_YHZFY6eOu9_hx7qtjfcta9eypnirnutroaec2h3daonwd9flycxlt9d89gix7ddcsmltt5j.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_dd9b1Lf7zP_p1v1ce2axhrinjccwsntyri2lj88lfnhdfyy7latxw6mu4yxcxmnyxw3gbve.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया