बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

प्रेम केडी
पथरी (मोरङ)- सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ।
बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मीमार्ग रंगशालामा हुने उक्त प्रतियोगिताको तयारीबारे आइतबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
लक्ष्मीमार्ग युवा क्लवको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटवल क्लब, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब गरी १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राइले बताए।
पत्रकार सम्मेलनमा दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित शिल्ड समेत सार्वजनिक गरिएको थियो। जसलाई लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन्।
प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछ।
करिब ६० लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक लगायतका विधामा समेत पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_6Sugk1umyA_nrankjc6docji57qpyopvk8ckwwpnwll6bho0uetoakqlqyoxf3ykpckqnwt.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_OV8W8NCI9m_pu1tf26cpkzvse0soe1vmysfs8y2eo6hajgg8llvk5kphcddkonbwawuljk9.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_l43Gi4Lcul_g1banllsbxegxhfjg6ceryeh7o98nlryhmaxw2rgswgwaxk8mumwfub2vqsv.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_FIyTk1r7Ti_iuecyovjd6x8i9qe874ikdkg6tcsfk8s2jd9fbivyulpfwxc1n1spjpkzkmu.jpg)
प्रतिक्रिया